मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज अनावश्यक विवादमा तानिने सम्भावना छ । जिम्मेवारी बढ्ने भएकाले व्यक्तिगत जीवनमा समय दिन कठिन हुन सक्छ । मानसिक तनाव र प्रतिस्पर्धीको गतिविधिप्रति सतर्क रहनु उपयुक्त हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवसाय र पेशामा प्रगतिको संकेत छ । रोकिएका काम पूरा हुने सम्भावना छ भने साथी भाइसँगको भेटघाटले दिन रमाइलो बन्न सक्छ । लक्ष्यमा केन्द्रित भएर अघि बढे उल्लेखनीय सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मेहनत र योजनाबद्ध प्रयासले करियरमा सकारात्मक परिवर्तन ल्याउन सक्छ । सामाजिक प्रतिष्ठा बढ्ने संकेत भएपनि व्यक्तिगत उपलब्धिको अनावश्यक चर्चा गर्दा सम्बन्धमा असर पर्न सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पेशा र व्यवसायमा उन्नति हुने सम्भावना छ । नयाँ ज्ञान र सीप हासिल गर्ने अवसर मिल्नेछ । दाम्पत्य सम्बन्ध सुधार गर्न संवाद र सँगै समय बिताउनु लाभदायी हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
हतारमा निर्णय नगर्नु राम्रो हुनेछ । गोपनीय योजनालाई सार्वजनिक नगर्दा सफलता मिल्ने सम्भावना बढी छ । अनुभवी व्यक्तिको सुझाव लिएर अघि बढ्दा लाभ हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिवार र जीवन साथीसँग रमाउने अवसर मिल्नेछ । पेशागत जिम्मेवारीसँगै व्यक्तिगत सम्बन्ध पनि सुदृढ बन्ने संकेत छ । मनोरञ्जन र घुमघामका लागि समय निकाल्न सकिनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मेहनतको राम्रो प्रतिफल प्राप्त हुनेछ । परीक्षा र प्रतिस्पर्धामा सफलता मिल्न सक्छ । अनावश्यक विवाद र हतारबाट भने जोगिनुपर्ने देखिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कम मेहनतमै राम्रो उपलब्धि प्राप्त हुने दिन छ । सिर्जनात्मक क्षमता र बौद्धिक दक्षताको प्रयोगबाट प्रतिष्ठा बढ्ने सम्भावना रहेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
घर परिवार र प्रेम सम्बन्धमा समझदारी कायम रहनेछ । आर्थिक अवस्था सन्तुलित रहने संकेत छ । आवश्यक वस्तु खरिद गर्ने सम्भावना पनि देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यक्तिगत काममा सफलता मिल्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । अध्ययन, छलफल र नयाँ जानकारी हासिल गर्नका लागि दिन अनुकूल छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आर्थिक लाभका अवसर बढ्नेछन् । परीक्षा, प्रतियोगिता र लगानीका क्षेत्रमा सकारात्मक परिणाम प्राप्त हुन सक्छ । अनुभवीको सुझाव लिएर लगानी गर्नु उपयुक्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यक्तित्वमा आकर्षण बढ्नेछ । प्रतिभा र क्षमताको उचित प्रदर्शनबाट सम्मान र सफलता प्राप्त हुने सम्भावना छ । व्यापार तथा कारोबारमा पनि सकारात्मक संकेत देखिएको छ ।







