मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
निश्चय गरिएको योजना अचानक अवरोधमा पर्न सक्छ । लगानी, मेहनत र प्रयत्नको उचित मूल्य नपाउने समय छ । आयआर्जनका स्रोत बढ्ने छन् र व्यापारमा फाइदा पनि हुनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् र प्रसन्नता मिल्ने सम्भावना छ । तर आफन्तसँग असमझदारी बढ्न सक्छ । मेहनतले कीर्ति दिलाउनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्राप्त न्यून उपलब्धिले मन बुझाउन कठिनाइ हुन सक्छ । नयाँ काम सुरु गर्न केही समय पर्खिनु लाभदायक हुनेछ । आम्दानी बढ्नेछ र परिवारका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने र सोचेको लाभ नपुग्ने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । सामाजिक दायित्व बढ्नेछ । बौद्धिक कार्यबाट धन लाभ हुनेछ । आफ्नो प्रतिभा देखाउन सकिनेछ । गुरुजनको सहयोग जुट्नेछ र अध्ययनमा प्रगति हुने समय छ । पहिलेको सम्झौता भंग हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । कामले कीर्तिमानी परिणाम दिन सक्छ । सहयोगीहरूको भरपर्दा काम नबन्न सक्छ, सजग रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भाग्यले सोचेभन्दा बढी फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन्, कर्मयोग र आम्दानी बढ्नेछ । कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । मेहनतको मूल्य नपाउने समय छ । स्वास्थ्य कमजोर रहन सक्छ र उपचारमा खर्च हुन सक्छ । मुख्य काममा बाधा आउने सम्भावना छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिस्पर्धामा केही कमजोर सावित हुन सकिन्छ । आफन्तबाट टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिनेछ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ हुनेछ । शत्रु र रोगबाट छुट्कारा मिल्ने समय छ । परिस्थितिले अप्ठ्यारो मोड ल्याउन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । आम्दानी प्रशस्त बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइनेछ । प्रेम सम्बन्ध बलियो बन्नेछ । दाम्पत्य जीवन सुखद र समृद्ध हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् र ईर्ष्यालुहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ । स्रोत साधन जुट्नाले दिगो फाइदा मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ । दिन उत्साहपूर्ण रहनेछ । व्यवसायिक यात्राको सम्भावना छ । मेहनत गर्दा सामान्य आम्दानी हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विशेष योजनाहरू बन्नेछन् । टाढिएका साथीभाइ नजिकिनेछन् र हर्ष बढ्नेछ । कामको तारिफ पाइनेछ । इच्छा शक्ति बढ्नेछ र काम सजिलै सम्पादन हुनेछ । परम्परा समय अनुसार परिवर्तन गर्न सकिनेछ । आफूलाई कमजोर अनुभव हुने सम्भावना छ । स्वास्थ्य कमजोर भएर काममा ढिलाइ हुन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अनायसै धन खर्च गर्नुपर्ने समय छ । आम्दानी बिगार्नेहरू सक्रिय हुन सक्छन् । सोचेभन्दा कम लाभ मिल्नेछ । केही विवादमा परिने योग छ, सजग रहनुहोस् । आलस्यले समस्या ल्याएपनि मेहनत गर्नेहरूका लागि समय उत्साहपूर्ण रहनेछ । प्रयत्न गर्दा लक्ष्य सजिलै प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवसर आएपनि लाभ उठाउन नसक्ने समय छ । ठूलो प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । आजको लाभांश सुरक्षित नहुन सक्छ । मुद्दा मामिलामा विजयी हुने योग छ । व्यापार तथा उद्योगमा सामान्य फाइदा मिल्नेछ । नयाँ योजना कार्यान्वयनमा मेहनत गर्नुपर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । साथीभाइको सहयोगले हिम्मत बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्न सक्छन् । परिस्थिति अलि प्रतिकूल रहनेछ ।

तपाईको प्रतिक्रिया