काठमाडौँ, भदौ ९ गते । आरएस रिसोर्ट एन्ड बिच फुटबल महिला टिम पोखराले एन्फा महिला लिग छनोटमा सिन्धुपाल्चोक एफसीमाथि गोल वर्षा गरेको छ ।
च्यासल मैदानमा सामेबार भएको खेलमा आरएस रिसोर्टले सिन्धुपाल्चोक एफसीलाई ८–३ गोलले हरायो । आरएस रिसोर्टको जितमा सरिताले चार गोल गर्नुभयो । यस्तै इशा चौधरीले दुई, सलिना सरु र तुलसी शाहीले एक एक गर्नुभयो ।
सिन्धुपाल्चोकको लागि अनु भुषालले दुई गोल फर्काउनुभयो । दोस्रो जितसँगै आरएस रिसोर्टले ६ अङ्क बनाउको छ । सिन्धुपाल्चोकले लगातार तेस्रो हार खेपेको छ ।
छनोट खेलमा १४ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।सहभागी टोलीबाट उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा छनोट हुने छन् ।
समूहमा शीर्ष दुई टोली एन्फा लिगमा सोझै सहभागी हुने छन् । तेस्रो स्थानमा रहने दुई टोलीबिचको प्ले अफ खेलमार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ ।