विराटनगर — विराटनगरको पुरानो हवाईफिल्ड नजिक हाइवेमा शनिबार ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

उत्तरतर्फबाट आउँदै गरेको ट्र्याक्टर (२ ह ९८३१) ले दक्षिणतर्फबाट गइरहेको मोटरसाइकल (प्र.०१–०२, ०४४ प १४४८) लाई ठक्कर दिँदा चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि रानी ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक ईश्वर कोइरालाको नेतृत्वमा खटिएको टोलीले तत्काल घाइतेको उद्धार गरी उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाएको जनाएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया