विराटनगर असार २२,
साउथ एशियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (SASTHM), विराटनगरले आयोजना गरेको Inter College Football Tournament 2026 (PS5) उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न कलेजका विद्यार्थीहरू बिराटनगर, ईटहरी, बिराटचौक र उर्लावारीबाट १६ वटा टिमको सहभागिता रहेको थियो। सहभागीहरूले ब्राजिल, अर्जेन्टिना, फ्रान्स, स्पेन, जर्मनी, इङ्ग्ल्याण्ड, पोर्चुगल जस्ता अन्तर्राष्ट्रिय फुटबल राष्ट्रहरूको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै डिजिटल खेलकुदमार्फत रणनीतिक सोच, निर्णय क्षमता, नेतृत्व विकास तथा टोलीगत कार्य (Teamwork) को अभ्यास गराउनु रहेको आयोजकले जनाएको छ। खेल अवधिभर सहभागीहरूले उत्कृष्ट खेल भावना, अनुशासन र आपसी सम्मान प्रदर्शन गरेका थिए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विजेता यस खनालले पोर्चुगल टिम बाट प्रतिनिधित्व गरेका थिए भने उपविजेता नरेस कटुवालले ईटाली टिम बाट प्रतिनिधित्व गरेका थिए। उक्त खेलाडीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो। कार्यक्रमलाई संयोजन गर्न शिक्षक रवि गणेश र देवेन्द्र यादवले सहकार्य गरेका थिए र उक्त कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमलाई प्राविधिक सहकार्य रेनिल थापाले गरेका थिए । यस प्रकारका ई–स्पोर्ट्स तथा डिजिटल खेलकुद प्रतियोगिताले विद्यार्थीहरूमा केवल मनोरञ्जन मात्र नभई जीवनोपयोगी सीपहरूको विकास गर्दछ।

कलेजका क्याम्पस प्रमुख बिनय विष्णु के.सी र निर्देशक रोशन बहादुर थापाले विद्यार्थीको समग्र व्यक्तित्व विकासका लागि यस्ता सिर्जनात्मक तथा नवप्रवर्तनमुखी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो। उहाँले शिक्षासँगै अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिताले विद्यार्थीलाई भविष्यको नेतृत्वका लागि सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया