- photo ai

धनकुटा, २२ असार । करिब १ सय ७५ किलो गाँजासहित धनकुटामा एकजना पक्राउ परेका छन । 

महालक्ष्मी नगरपालिका–६ माङमायाबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७५ किलो ५ सय ७० ग्राम सहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा  सोही नगरपालिका–४ बस्ने १७ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । 

 

प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरीले चानुवाबाट लेगुवातर्फ आउँदै गरेको को २ त ४८९८ नम्बरको ट्याक्टरलाई जाँच गर्दा २२ वटा बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्याक्टरमा सवार उनलाई पक्राउ गरेको हो । 

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

तपाईको प्रतिक्रिया