मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज सफलता प्राप्त गर्न प्रतिस्पर्धामा उत्रिनुपर्ने अवस्था देखिन्छ । व्यापार व्यवसायमा लगानी बढाउनु पर्ने भएपनि अहिलेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिनेछ । ताल्चा–साँचो तथा महत्वपूर्ण सामानको सुरक्षामा विशेष ध्यान दिनुहोस्, सानो लापरबाहीले ठूलो नोक्सानी निम्त्याउन सक्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दाजुभाइ तथा परिवारका सदस्यसँग समय बिताउने अवसर मिल्नेछ । सन्तानको उन्नति वा पारिवारिक जिम्मेवारीमा व्यस्त रहनुपर्ने देखिन्छ । सरकारी तथा प्रशासनिक काममा सफलता प्राप्त हुने सम्भावना छ । मनमा सन्तुष्टि रहने भएपनि भावनात्मक निर्णयबाट बच्नुपर्छ । जीवनसाथीलाई सानो उपहारले सम्बन्ध अझ सुमधुर बन्न सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पेसागत सुधारका लागि योजना बनाएर अघि बढ्न अनुकूल दिन छ । अरू दिनभन्दा बढी मेहनत गर्नुपर्ने भए पनि त्यसको राम्रो प्रतिफल प्राप्त हुनेछ । सरकारी काम, लेनदेन वा सार्वजनिक क्षेत्रबाट लाभ मिल्ने सम्भावना छ । कामको चाप बढ्ने भएकाले धेरै जिम्मेवारी आफैंले सम्हाल्नु पर्ने हुन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ज्ञान, अध्ययन र नयाँ अनुभव प्राप्त गर्ने अवसर मिल्नेछ । गुरु तथा अनुभवी व्यक्तिसँगको छलफलले नयाँ दृष्टिकोण प्रदान गर्नेछ । परिवार र साथीभाइलाई सहयोग गर्ने मनोभाव रहनेछ । कुनै नयाँ सीप वा अनुभवले भविष्यका कामलाई सहज बनाउन मद्दत गर्नेछ । लामो समयदेखि रोकिएको समस्या समाधान हुन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मन अलि अस्थिर रहन सक्छ र साना कुराले पनि चिन्ता बढ्न सक्छ । काममा खासै उत्साह नदेखिए पनि भविष्यका योजनाबारे सोच्ने समय मिल्नेछ । आकस्मिक धनलाभको सम्भावना छ । नयाँ निर्णय लिनुभन्दा हालको अवस्थालाई सन्तुलित ढंगले व्यवस्थापन गर्नु राम्रो हुनेछ । आज मनोरञ्जन र रमाइलोमा समय बित्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कार्यक्षेत्रमा लगनशीलता देखिने भएकाले प्रशंसा प्राप्त हुनेछ । कामबाट सामान्य लाभ मिलिरहनेछ तर पारिवारिक आवश्यकता वा यात्राका कारण केही काम स्थगित गर्नुपर्ने हुन सक्छ । महिलाहरूका लागि व्यक्तिगत उन्नति र प्रतिष्ठा बढ्ने योग छ । सन्तानबाट सुखद समाचार वा सहयोग प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो क्षमता प्रमाणित गर्ने अवसर प्राप्त हुनेछ । रिस र आवेगलाई नियन्त्रण गर्न सके सफलता हात पर्नेछ । घमण्ड त्यागेर व्यवहारिक ढंगले अघि बढे राम्रो परिणाम प्राप्त हुनेछ । जीवन साथी प्रति अनावश्यक शंका नगर्नुहोस् । सँगै घुम्ने वा छोटो यात्राको योजना सम्बन्धलाई अझ मजबुत बनाउन सहयोगी हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सन्तान वा परिवारका सदस्यबाट राम्रो सहयोग प्राप्त हुनेछ । दैनिक कामबाट लाभ मिल्नेछ र भविष्यमा फाइदा दिने नयाँ कामको सुरुवात हुन सक्छ । सिर्जनात्मक क्षमता बढ्नेछ र टाढाबाट शुभ समाचार प्राप्त हुन सक्छ । अध्ययन, सीप र प्रतिभाको प्रदर्शनबाट राम्रो अवसर प्राप्त हुने सम्भावना छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दाम्पत्य जीवनमा सानो विषयलाई लिएर मतभेद हुन सक्छ । धैर्य र सकारात्मक सोचले समस्या समाधान हुनेछ । निर्णय गर्न अलमल हुने भएकाले हतारमा कुनै निष्कर्षमा नपुग्नुहोस् । आवेगपूर्ण व्यवहारले आफन्त र साथीभाइमा नकारात्मक प्रभाव पर्न सक्छ । संयमित व्यवहार र अनुशासनले सम्बन्ध तथा प्रतिष्ठा दुवै जोगाउनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रोकिएका काम पुन: प्रयास गर्दा सफलता मिल्नेछ । सहकर्मी वा वरिष्ठ व्यक्तिको सहयोगले चुनौती पार गर्न सकिनेछ । आफूलाई उत्साहित बनाउने काममा केन्द्रित हुँदा मन प्रसन्न रहनेछ । दिनभर व्यस्तता रहेपनि साँझ रमाइलो र सुखद बन्न सक्छ । सुख समृद्धिमा वृद्धि हुने संकेत छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आयआर्जन बढाउने नयाँ अवसर प्राप्त हुन सक्छ । नयाँ व्यवसाय वा रोजगारीको योजना बनाउनु अघि अनुभवी व्यक्तिको सुझाव लिनु लाभदायक हुनेछ । घुमफिर वा मनोरञ्जनमा खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोस् । साझेदारीमा गरिएको काम वा व्यापारबाट राम्रो लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ काम सुरु गर्ने वा नयाँ ठाउँ घुम्ने अवसर मिल्नेछ । भविष्यका लागि आवश्यक योजना र तयारी गर्न अनुकूल समय छ । आत्मविश्वास बढ्नेछ र नयाँ कुरा सिक्ने उत्साह जाग्नेछ । आलस्य त्यागेर लक्ष्यमा केन्द्रित भए उल्लेखनीय सफलता प्राप्त गर्न सकिनेछ । सिर्जनात्मक प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ ।







