काठमाडौं। इरानका दिवंगत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि समारोहका लागि तेहरानमा विशाल जनसागर उर्लिएको छ। फागुन १६ गते अमेरिका–इजरायलको संयुक्त आक्रमणमा उनको निवासमा मृत्यु भएपछि श्रद्धाञ्जली तथा अन्त्येष्टि कार्यक्रम सुरु भएको हो।
राजधानी तेहरानका सडक, चोक र धार्मिक स्थलहरूमा लाखौँ मानिस भेला भएका छन् भने देशभरबाट आउने श्रद्धाञ्जली दिनेको संख्या करोड नाघ्ने अनुमान गरिएको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्त्येष्टि अवधिभर कुनै पनि पक्षबाट गोलीबारी नहुने सहमति भएको बताएका छन्। उनले अन्त्येष्टि कार्यक्रम सम्पन्न भएपछि इरानसँग वार्ता प्रक्रिया पुनः अघि बढाइने पनि बताएका छन्।







