मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आम्दानीका नयाँ स्रोत पहिचान गर्ने र आर्थिक निर्णय लिने अनुकूल समय छ । नयाँ अवसर प्राप्त हुने तथा धन र प्रतिष्ठा बढ्ने संकेत देखिएको छ । सरकारी कामबाट लाभ मिल्न सक्छ भने रोकिएको रकम उठाउने प्रयास सफल हुन सक्छ । अधिकांश काम योजनाअनुसार सम्पन्न हुनेछन् । पारिवारिक वातावरण पनि सकारात्मक रहनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
भाग्यभन्दा आफ्नै मेहनत र आत्मविश्वासमा भरोसा गर्ने दिन हो । परीक्षा वा प्रतिस्पर्धाको तयारी गरिरहनुभएको छ भने राम्रो नतिजा प्राप्त हुने सम्भावना छ । वरिष्ठ अधिकारी तथा अभिभावकको साथ र सुझावले लाभ पुग्नेछ । इच्छाएको जिम्मेवारी प्राप्त हुने तथा कामप्रतिको लगावका कारण प्रशंसा बटुल्ने योग रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शारीरिक रूपमा स्फूर्ति र मानसिक रूपमा उत्साह रहनेछ । लामो समयपछि साथीभाइ वा आफन्तसँग भेटघाटको अवसर मिल्न सक्छ । आर्थिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुने र आम्दानी बढ्ने संकेत छ । धनको पछि लाग्दा प्रतिष्ठा र स्वास्थ्यलाई बेवास्ता नगर्नुहोस् । सन्तुलित निर्णयले सफलता दिलाउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरायसी तथा सानातिना काममा व्यस्तता बढ्न सक्छ । भान्साको काम वा आगो तथा धारिलो सामान प्रयोग गर्दा विशेष सावधानी अपनाउनु आवश्यक छ । परीक्षा वा प्रतिस्पर्धामा सहभागी हुनेहरूले गोपनीयता कायम राख्दै तयारी गर्नु राम्रो हुनेछ । थकान र उत्साहमा कमी महसुस भए पनि सकारात्मक सोचले दिन सहज बन्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भावनामा बहने सम्भावना भएकाले निर्णय गर्दा संयम अपनाउनुहोस् । बिर्सने बानीका कारण काममा ढिलाइ हुन सक्छ र वरिष्ठ अधिकारी असन्तुष्ट बन्न सक्छन् । प्रेम सम्बन्धमा समय अनुकूल भए पनि महत्त्वपूर्ण कामलाई प्राथमिकता दिनु बुद्धिमानी हुनेछ । अहंकारभन्दा धैर्य र अरूको कुरा सुन्ने बानीले फाइदा पुग्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
देखावटी व्यवहारभन्दा व्यवहारिक बन्नु आजको आवश्यकता हो । सामान्य विषय पनि विवादमा बदलिन सक्ने भएकाले अनावश्यक बहसबाट टाढा रहनुहोस् । साथीभाइबाट अपेक्षित साथ नपाउँदा मानसिक तनाव बढ्न सक्छ । कानुनी तथा लगानीसम्बन्धी विषयमा सावधानी अपनाउनुस् । काम शैलीमा सुधार ल्याउँदा भविष्यमा लाभ हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको मेहनतले भविष्यमा राम्रो अवसर, छात्रवृत्ति वा विशेष उपलब्धि दिलाउन सक्छ । आकर्षण बढ्ने समय भएपनि भावनाभन्दा विवेकलाई प्राथमिकता दिनु उचित हुनेछ । बुद्धिमत्तापूर्वक काम गर्दा अतिरिक्त आम्दानी हुन सक्छ । अध्ययन, सीप विकास र व्यक्तित्व निर्माणमा लगानी गर्ने उपयुक्त समय हो ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
घर परिवारबाट सुखद समाचार प्राप्त हुन सक्छ । मनोरञ्जन, घुमघाम वा पारिवारिक भेटघाटको अवसर मिल्नेछ । प्रतिस्पर्धामा सफलता मिल्ने सम्भावना छ । घर जग्गा, सवारी साधन वा स्थायी सम्पत्तिसम्बन्धी योजना बन्न सक्छ । गोप्य कुरा सार्वजनिक हुन सक्ने भएकाले सावधानी अपनाउनुहोस् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सञ्चार, बैंकिङ, यातायात, ढुवानी तथा मार्केटिङ क्षेत्रमा कार्यरत व्यक्तिका लागि दिन लाभदायी रहनेछ । आर्थिक समस्या समाधानतर्फ अघि बढ्ने संकेत छ । परिवारमा आपसी समझदारी बढ्नेछ । साथीभाइ तथा गुरुजनसँगको भेटघाटले नयाँ ज्ञान र प्रेरणा प्राप्त हुनेछ । कार्य क्षेत्रमा नयाँ जिम्मेवारी थपिन सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आर्थिक अवस्था मजबुत रहनेछ । विभिन्न स्रोतबाट आम्दानी बढ्ने सम्भावना छ । कार्यक्षेत्रमा बोली र कामको सम्मान हुनेछ । पारिवारिक वातावरण सुखद रहनेछ । रोकिएको रकम प्राप्त हुन सक्छ । प्रिय व्यक्तिबाट खुसीको खबर वा उपहार प्राप्त हुने सम्भावना पनि रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पुराना योजना र सपनालाई साकार बनाउने अवसर प्राप्त हुनेछ । लामो समयदेखि रोकिएका काम तथा फाइल अघि बढ्न सक्छन् । कानुनी वा प्रशासनिक विषय समाधान हुने संकेत छ । मानसिक शान्ति मिल्नेछ । प्रेम सम्बन्धमा समझदारी बढ्नेछ र जीवन साथीसँग रमाइलो समय बित्ने सम्भावना छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आम्दानीमा उतारचढाव आउन सक्छ । सानो लापरबाहीले आर्थिक क्षति वा जरिवाना तिर्नुपर्ने अवस्था आउन सक्ने भएकाले सावधानी अपनाउनुहोस् । खर्च बढ्ने र विलासी वस्तुप्रति आकर्षण बढ्ने देखिन्छ । आवश्यक परे ऋण वा सापटी लिनुपर्ने अवस्था आउन सक्छ । मानसिक थकान महसुस भए पर्याप्त आराम गर्नु उपयुक्त हुनेछ ।







