काठमाडौं, १९ असार । प्रहरीले स्रोत नखुलेको रकमसहित गोकर्णेश्वरबाट एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले बिहीबार दिउँसो बारा पचरौता नगरपालिका-७ घर भएका २३ वर्षीय मनमोहन साह कलवारलाई गोकर्णेश्वर नगरपालिका-५ पहेंलो पुलबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार प्रहरी बृत्त बौद्धको टोलीले कवलारलाई नगदसहित पक्राउ गरेको थियो। कलवारको साथबाट ३९ लाख ४१ हजार ६२० रुपैयाँ नगद बरामद भएको छ।
स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको प्रहरीको भनाइ छ। कलवार कालिमाटी बस्दै आएका थिए।







