काठमाडौं। ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया जाने श्रमिकमध्ये पुनः फिर्ता हुने गरी आएका व्यक्तिले नेपालस्थित कोरियन दूतावासबाट भिसा शुल्कबापतको रकम १० हजार ७०० रुपैयाँ तिर्दै आएकामा बढाएर ११ हजार ३०० रुपैयाँ पुर्याइएको छ।
ईपीएस कोरिया शाखा, ललितपुरले आज सूचना गरी कोरियन दूतावासको जेठ १७ को पत्रअनुसार ६०० रुपैयाँ वृद्धि गरी ११ हजार ३०० रुपैयाँ पुर्याएको बताएको हो।
अब कोरिया रिटर्नी (सीसीभीआई फाराम भर्ने व्यक्तिले भिसा शुल्कबापत ११,३०० रुपैयाँ कोष तथा लेखा नियन्त्रण कार्यालय ललितपुरको नाममा नेपाल बैंकको गाबाहलस्थित खाता नं. ०१८०१०००००२००६०००००१ मा जम्मा गरेको सक्कल भौचर बुझाउनुपर्ने सूचनामा उल्लेख छ।







