काठमाडौं, १७ असार । राष्ट्रियसभाको बैठक बस्दैँछ ।संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १ः१५ वाट सुरू हुनेछ ।  आजको बैठकमा राष्ट्रियसभा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने छने भने परराष्ट्र मन्त्री शिशिर खनाल र संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री खडकराज पौडेलले आफ्ना  मन्त्रालयसँग सबन्धित प्रश्नको जवाफ दिनेछन । साथै, सांसद रेनु चन्दले ‘प्रबिधिको प्रयोग गरीहुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एव महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवाश्यक नीतिगत, कानुनी र संस्थागत ब्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सबन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ । 
 

तपाईको प्रतिक्रिया