काठमाडौं। साउदी अरब सरकारले ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ।

मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीले नेपाली कैदीहरूलाई आममाफी दिने निर्णय गरेको हो। साउदी अरबको यो कदमप्रति नेपाल सरकारले साउदी अधिराज्यको सरकारलाई धन्यवाद ज्ञापन गरेको छ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै साउदी सरकारको यस प्रकारको निर्णयले नेपाल र साउदी अरबबिच लामो समयदेखि रहेको मैत्रीपूर्ण सम्बन्ध, सद्भाव र प्रगाढ द्विपक्षीय सम्बन्धलाई झल्काएको उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया