झापा : झापाको मेचीनगर नगरपालिका–१० स्थित लक्ष्मी कोल्ड स्टोर पछाडिको कोठामा जुवा तास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक दुर्गा बहादुर भट्टराईको कमाण्डमा खटिएको टोलीले सोमबार साँझ छापा मार्दा उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा फेला पारेको हो ।

पक्राउ पर्नेमा मेचीनगर–१० हिमालय टोलका ३५ वर्षीय पंच नारायण राजवंशी, मेचीनगर–११ धाईजनका ५० वर्षीय तेज राज प्रसाई, मेचीनगर–१० बस्ने लक्ष्मी कोल्ड स्टोरका सञ्चालक ४२ वर्षीय रामपत राजवंशी र भद्रपुर नगरपालिका–२ का ५६ वर्षीय कालुमान लिम्बु रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट तास ५७२ पत्ता (११ बुङ), नगद १ लाख ५२ हजार ४५० रुपैयाँ तथा Samsung र Vivo ब्रान्डका तीन वटा मोबाइल सेट बरामद गरेको जनाएको छ ।

पक्राउ परेका सबैलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया