काठमाडौं। राष्ट्रिय सभाका सदस्यहरूले कृषिलाई प्राथमिकता दिई खाद्यान्नमा आत्मनिर्भर हुने कार्यक्रम बनाउन सरकारसँग आग्रह गरेका छन्।
राष्ट्रिय सभाको बैठकको विशेष समयमा भाग लिँदै उनीहरूले कृषिलाई प्राथमिकता दिने गरी नीति निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।
सांसद दुर्गा गुरुङले सरकारलाई गरिब, सीमान्तकृत र भूमिहीनको हकहितलाई ध्यानमा राखेर कार्यक्रम ल्याउन सुझाव दिए। सांसद नरबहादुर विष्टले विश्वविद्यालयका उपकुलपति नियुक्ति पारदर्शी हुनुपर्ने बताए।
सांसद सम्झना देवकोटाले धान र बीउमा आत्मनिर्भर रहने वातावरण बनाउन माग गरे। सांसद मोहम्मद खालिदले होल्डिङ सेन्टरका विषयमा उठेको प्रश्नलाई गम्भीरतापूर्वक ध्यान दिनुपर्नेमा जोड दिए।







