मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
असम्भव आशाको पछि लाग्दा नोक्सानी हुन सक्छ । आफन्त तथा छिमेकीका काममा व्यस्त रहनुपर्ने देखिन्छ । लामो समयदेखि मनमा रहेको इच्छा पूरा हुने सम्भावना छ । निरन्तर मिहिनेत गर्ने र नयाँ कुरा सिक्न चाहनेहरूले सफलता र प्रशंसा प्राप्त गर्नेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दुराशा र अत्यधिक महत्त्वाकाङ्क्षाले निराशा बढाउन सक्छ । हतारमा गरिएको निर्णयले समस्या निम्त्याउन सक्छ, त्यसैले धैर्य र संयम आवश्यक छ । पुराना समस्या दोहोरिन सक्छन् । साथीहरूसँगको सम्बन्धमा सावधानी अपनाउनु राम्रो हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दाम्पत्य जीवनमा सामान्य विवादको सम्भावना छ । टाढा रहेका परिवारसँग सम्पर्क गर्नु लाभदायी हुनेछ । आम्दानी सामान्य रहनेछ भने पारिवारिक काममा समय खर्च हुनेछ । पति पत्नी बीच आपसी समझदारी र आत्मीयता बढ्ने दिन रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जिद्दीपन र घमण्डले काम बिग्रन सक्छ । जिम्मेवारी प्रति गम्भीर बन्नुपर्ने समय हो । अनावश्यक बहसबाट टाढा रहनु राम्रो हुनेछ । कामको बोझ बढेपनि धैर्यका साथ अघि बढे सफलता मिल्नेछ । कानुनी वा प्रशासनिक विषयमा विशेष सतर्कता अपनाउनुहोस् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनोरञ्जन र व्यक्तिगत खुसीका लागि समय मिल्नेछ । नयाँ व्यवसाय प्रति आकर्षण बढ्नेछ । जोखिमपूर्ण निर्णय नगर्नुहोस् । चुनौतीपूर्ण परिस्थितिमा पनि आफ्नो बुद्धिमत्ता प्रयोग गरेर लक्ष्य हासिल गर्न सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सानातिना विषयमा विवाद हुन सक्छ । प्राथमिकता निर्धारण गरेर काम गर्नु आवश्यक छ । महत्त्वपूर्ण निर्णय लिनुअघि अनुभवी व्यक्तिको सल्लाह लिनु राम्रो हुनेछ । आर्थिक हिसाब किताबमा विशेष सावधानी अपनाउनुहोस् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिश्रमको उचित प्रतिफल प्राप्त हुनेछ । सहकर्मी वा साथीको सहयोगबाट महत्त्वपूर्ण काम सम्पन्न हुनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको इच्छा पूरा हुने सम्भावना छ । सम्बन्धलाई अझ मजबुत बनाउन आपसी समझदारी आवश्यक हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक आम्दानी अपेक्षाभन्दा राम्रो हुनेछ । तर अनावश्यक खर्च पनि बढ्न सक्छ । परिवार र जीवन साथीको सहयोग प्राप्त हुनेछ । बुद्धि र परिश्रमका कारण समाजमा सम्मान र गुरुजनबाट प्रशंसा पाउने योग रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जीवन साथीसँग कुनै पनि कुरा लुकाउनु उचित हुनेछैन । उच्च शिक्षा वा विदेश अध्ययनको प्रयास गर्नेहरूका लागि समय अनुकूल छ । नेतृत्व क्षमता र व्यवस्थापकीय कौशल प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ । दीर्घकालीन योजनामा सफलता मिल्ने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जिम्मेवारी बढ्ने भएकाले व्यक्तिगत जीवनमा कम समय दिनुपर्ने हुन सक्छ । खर्च बढ्ने सम्भावना छ । साथीहरूको सहयोगले व्यवसाय तथा पेशागत क्षेत्रमा सुधार आउनेछ । धैर्यका साथ अघि बढे चुनौती पार गर्न सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सहकर्मीको सहयोगबाट महत्त्वपूर्ण काम सम्पन्न हुनेछ । प्रेम सम्बन्धमा रहेका व्यक्तिका लागि दिन विशेष रहनेछ । आम्दानी बढ्ने सम्भावना भएपनि व्यक्तिगत इच्छा पूरा गर्न खर्च पनि बढ्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धेरै मेहनत गर्नुपर्ने दिन भए पनि निरन्तर प्रयासले सफलता दिलाउनेछ । प्रविधि तथा अनुसन्धान क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि समय अनुकूल छ । आत्मविश्वास बढ्नेछ र करियरमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ ।

तपाईको प्रतिक्रिया