मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
हरेक कार्यमा सफलता मिल्ने सम्भावना रहेपनि मन अशान्त रहन सक्छ । अनुशासन र संयमता अपनाउनु आवश्यक छ । महत्त्वपूर्ण काम आफ्नै उपस्थितिमा गर्नुहोस् र कागजातमा हस्ताक्षर गर्दा राम्ररी अध्ययन गर्नु उपयुक्त हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रेम सम्बन्ध सुदृढ बन्ने समय छ । मनोरञ्जनसँगै कार्य क्षेत्रमा पनि राम्रो प्रदर्शन हुनेछ । अनलाइन तथा प्रविधिमार्फत अतिरिक्त लाभ मिल्न सक्छ । आयात निर्यात तथा ढुवानीसँग सम्बन्धित काममा भने सावधानी आवश्यक छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आत्मविश्वास अत्यधिक बढ्न सक्ने भएकाले घमण्डबाट टाढा रहनु राम्रो हुनेछ । अध्ययन र प्रतिस्पर्धामा थप मेहनत आवश्यक छ । बहस तथा तर्कमा सफलता मिल्ने सम्भावना छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बुद्धि र रणनीतिको प्रयोगबाट सफलता मिल्नेछ । साथीभाइको सहयोगले सम्बन्ध थप बलियो बन्नेछ । अधुरा काम पूरा गर्न अतिरिक्त समय दिनुपर्ने हुन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घरपरिवार र अचल सम्पत्तिसँग सम्बन्धित क्षेत्रमा लाभ मिल्ने संकेत छ । व्यस्तता बढेपनि आजको मेहनतले भविष्यमा राम्रो प्रतिफल दिनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
माइती पक्षबाट शुभ समाचार प्राप्त हुन सक्छ । धार्मिक तथा सामाजिक गतिविधिमा सक्रियता बढ्नेछ । साझेदारीमा गरिने काम र यात्रामा सफलता मिल्ने सम्भावना छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रिय व्यक्तिबाट खुसीको समाचार वा उपहार प्राप्त हुन सक्छ । व्यापार, साझेदारी र मार्केटिङ क्षेत्रमा राम्रो लाभ हुने संकेत छ । अरूको नकारात्मक प्रतिक्रियालाई बेवास्ता गर्दै आफ्नो लक्ष्यमा केन्द्रित रहनु उचित हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मेहनतअनुसार उत्कृष्ट नतिजा प्राप्त हुनेछ । भाग्यको साथ पनि मिल्ने भएकाले नयाँ योजना अघि बढाउन सकिने समय छ । घर, सम्पत्ति र सवारी साधनतर्फ पनि ध्यान जानेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आर्थिक निर्णयमा हतार नगर्नुहोस् । अनुभवी व्यक्तिको सुझाव लिएर मात्र नयाँ काम सुरु गर्नु उपयुक्त हुनेछ । वरिष्ठ वा सेवाग्राहीसँग विवाद नगर्नु राम्रो हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भाइबहिनी वा सन्तानसँग सम्बन्ध सुमधुर बन्नेछ । सरकारी तथा रोकिएका काम अघि बढ्ने सम्भावना छ । प्रतिस्पर्धा र परीक्षामा सफलता मिल्न सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पेसागत उन्नतिका लागि आजको दिन अनुकूल छ । नयाँ काम सुरु गर्दा वरिष्ठको सहयोग लाभदायी हुनेछ । पारिवारिक जिम्मेवारी भने केही बढ्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मन शान्त र सकारात्मक रहनेछ । ठूलाबडाको सहयोगले रोकिएका काम बन्नेछन् । नयाँ आम्दानीको स्रोततर्फ आकर्षण बढ्नेछ भने लामो समयपछि प्रियजनसँग भेटघाटको अवसर पनि मिल्नेछ ।







