लखनऊ, असार १२ गते । भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठ जनालाई पक्राउ गरेको जनाएको छ । बिहीबार जारी गरिएको सरकारी विज्ञप्तिमा प्रहरीले मन्दिरका कर्मचारीसहित आठ जनालाई पक्राउ गर्दै चन्दा वितरणमा अनियमितता भएको आरोपमा बिहीबार आपराधिक मुद्दा दर्ता गरेको जनाएको छ ।

तीमध्ये अधिकांश नगद र भक्तले दान गरेको सुन र चाँदीसहितका बहुमूल्य वस्तु गणना वा व्यवस्थापन गर्नमा संलग्न रहेको मिडियाले रिपोर्ट गरेका छन् । मिडिया रिपोर्टले चोरीमा दुई करोड डलरभन्दा बढीको अपचलन भएको हुन सक्ने बताएका छन् । पक्राउ परेका माथि आपराधिक विश्वास घात, चोरी, आपराधिक षड्यन्त्र र भ्रष्टाचारको आरोप लगाइएको विज्ञप्तिमा उल्ल्ेख गरिएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस विषयलाई हेर्ने विशेष अनुसन्धान टोली गठन गरेको र कुनै पनि दोषी व्यक्तिलाई नछोडिने प्रतिवद्धता गरेको विज्ञप्तिमा उदृत गरिएको छ । रासस/एएफपी

तपाईको प्रतिक्रिया