इलाम, १० असार । जबरजस्ती करणी गरेको अभियोगमा इलाममा एकजना पक्राउ परेका छन् ।
२६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्योदय नगरपालिका–३ माझगाउँ सिंहमाई टोल बस्ने ६० वर्षीय माईला भन्ने बुद्धप्रकाश राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
बुद्ध प्रकाशले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







