काठमाडौं, १० असार । जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंमा एकजना पक्राउ परेका छन् । 

 

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने कैलाली घोडाघोडी नगरपालिका(१० घर भएका २२ वर्षीय गणेश विश्वकर्मालाई दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

 

गणेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया