विराटनगर। कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट माथिको सामान्य छलफल जारी छ।

आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले राजस्व र व्ययको वार्षिक अनुमान माथि सामान्य छलफल प्रारम्भ गरियोस भनी सदनमा प्रस्ताव गर्नु भएपछि छलफल जारी भएको हो।

छलफलमा प्रदेशसभा सदस्य प्रेमराज थाम्साङले बजेटको स्रोतको सुनिश्चितता गर्ने जिम्मेवारी सरकारको हो भन्दै शिक्षा र स्वास्थ्यमा ल्याएको कर नीतिले सीमान्कृत वर्ग मर्कामा पर्ने धारणा राखे।

उनले चिया निकासीमा भारत सरकारले गरेको अवरोधबाट नेपालका दर्जनौँ चिया उद्योग ठप्प भएको, ५० हजारभन्दा बढी चिया मजदुरको रोजगार धरापमा परेको र चिया किसान पनि समस्यामा परेकाले सरकारले कूटनीतिक छलफल गरी यो विषयलाई छिनोफानो गर्नुपर्ने धारणा राखे।

सदस्य गीतादेवी रेग्मीले बजेटले सुशासन र जनताको जीवनस्तरलाई टेवा दिनसक्ने रहेको भनी खुसी व्यक्त गरे। सदस्य खड्गबहादुर बस्नेत र डोल्मा तामाङले खानेपानीका लागि बजेटमा गरेको व्यवस्थाले प्रदेशका जनता निकै लाभान्वित हुने बताए।

तपाईको प्रतिक्रिया