सुन्दरहरैँचा / सुन्दरहरैँचा नगरपालिकाको १८औँ नगरसभामा आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ।
नगरप्रमुख केदारप्रसाद गुरागाईंले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका थिए भने उपप्रमुख अकली चौधरीले बजेट प्रस्तुत गरेकी थिइन्। प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ ९४ करोड २४ लाख रुपैयाँ, पुँजीगत खर्चतर्फ ४५ करोड २६ लाख रुपैयाँ तथा वित्तीय व्यवस्थापनतर्फ २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। यसरी नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि कुल १ अर्ब ४२ करोड रुपैयाँको बजेट विनियोजन गरेको जनाएको छ।
नगरसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि छलफल हुनेछ। छलफलका क्रममा प्राप्त सुझाव तथा संशोधनहरू समेटेर असार १६ गते बस्ने नगरसभाको दोस्रो बैठकबाट नीति, कार्यक्रम तथा बजेट पारित गर्ने कार्यसूची रहेको नगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया