धनगढी, असार ७ गते । धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष २०८३–८४ का लागि बढाएर बजेट ल्याएको छ ।

धनगढीको १५ औं नगर अधिवेशनमा उपप्रमुख कन्दकला रानाले आज दुई अर्ब ६४ करोड ६४ लाख रुपियाँको बजेट प्रस्तुत गर्नुभयो । चालु आर्थिक वर्षका लागि धनगढी उपमहानगरपालिकाले दुई अर्ब ५६ करोडको बजेट ल्याएको थियो ।

आगामी आर्थिक वर्षका लागि धनगढीले चालुतर्फ एक अर्ब ४३ करोड ६३ लाख र पुँजीगततर्फ एक अर्ब २३ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया