समाजसेवी आचार्यद्वारा जेष्ठ नागरिक समाजलाई १ लाखको अक्षय कोष स्थापना

समाजसेवी आचार्यद्वारा जेष्ठ नागरिक समाजलाई १ लाखको अक्षय कोष स्थापना
योगेन्द्र योगी सुन्दरहरैंचा (मोरङ) : मोरङको सुन्दरहरैंचा नगरपालिका - ३ गछियामा रहेको साथी कम्युनिकेसन संचालक तथा सामाजिक व्यक्तित्व निरन्जन प्रसाद आचार्यले जेष्ठ नागरिक सेवा समाज सुन्दरहरैंचा वडा नम्बर - ३ लाई १ लाखको अक्षय कोष स्थापना गरेका छन् । सामाजिक व्यक्तित्व आचार्यले कुशे औंसी तथा बावुको मुख हेर्ने दिनको अवसर पारेर आफ्ना स्वर्गीय पिता देव नारायण प्रसाद आचार्य तथा माता शारदा देवी आच...

प्रिमियर लिगमा आज पाँच वटा खेल हुँदै

प्रिमियर लिगमा आज पाँच वटा खेल हुँदै
काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । नेपाली समयअनुसार बेलुका सवा ५ बजे म्यानचेस्टर सिटी र टोटेनह्यामले खेल्दैछन् । यस्तै राति पौने ८ बजे बर्नमाउथ र वुल्भ्स, बर्नली र सन्डरल्याण्ड तथा ब्रेन्टफोर्ड र एस्टन भिल्लाबीच खेल हुनेछ । यसैगरी राति सवा १० बजे आर्सनल र लिड्स युनाइटेडले खेल्नेछन् । गएराति भएको खेलमा चेल्सीले वेस्ट ह्यामलाई ५–१ गोलले हराएको छ । गएराति भएको ख...

गाउँको सेट बनाईएको चलचित्र काजी´को शुभमुहर्त

गाउँको सेट बनाईएको चलचित्र काजी´को शुभमुहर्त
काठमाडौं, ६ भदौं । लक्ष्मण रिजालको निर्देशनमा निर्माण हुने सिनेमा ‘काजी’को शुभमुहूर्त गरिएको छ ।   शुक्रबार दक्षिणकाली मन्दीरमा क्यामेरा तथा स्कृप्ट पूजा गरिएको हो । यो सिनेमाको निर्माण टिम शुभमुहूर्त सँगै छायांकनको लागि स्याङ्जा निस्केको छ । भदौ ८ गते आइतबारबाट यो सिनेमाको छयांकन सुरु गरिने निर्देशक लक्ष्मण रिजालले बताए ।   उनी यही सिनेमाबाट करिब ८ वर्षपछि निर्देशनमा फकेका हुन् । आ...

‘उरमाल’ले पायो मदन पुरस्कार, गिरीलाई जगदम्बाश्री

‘उरमाल’ले पायो मदन पुरस्कार, गिरीलाई जगदम्बाश्री
काठमाडौँ- कालिम्पोङका नेपालीभाषी लेखक छुदेन काबिमोको उपन्यास ‘उरमाल’ले गत वर्षको मदन पुरस्कार पाएको छ। मदन पुरस्कार गुठीले काबिमोको चिया टिप्ने मजदूरहरूको कथामाथि लेखिएको उपन्यास उरमाललाई २०८१ सालको मदन पुरस्कार दिने घोषणा गरेको हो। यससँगै लोकभाका संकलन र संरक्षणमा विशिष्ट योगदान पुर्‍याएका प्रेमदेव गिरीलाई २०८१ को जगदम्बाश्री पुरस्कार प्रदान गर्ने निर्णय पनि गुठीले गरेको छ।

२०८२ भदौ ०७ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ भदौ ०७ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष– विगतका समस्या बल्झिन सक्छन्। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ। सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला। आजको प्रयत्न निष्फल जस्तै होला। वृष– संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ...

नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट

नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट
अस्मिता पोखरेल धादिङबेंसी, भदौ ६ गते । धादिङको नीलकण्ठ नगरपालिका संस्थागत स्वमूल्याङ्कनमा देशकै उत्कृष्ट भएको छ । ९३.५० अङ्क ल्याएर उत्कृष्ट भएको नगरपालिकालाई सङ्घीय सरकारले सम्मान गरेको छ । शुक्रबार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुङ्गानालाई सम्मान गर्नुभयो । विभिन्न एकसय वटा सूचकहरुमा भएको मूल्याङ्कनको आधारमा आ.व २०८०–८१ ...

नक्कली शैक्षिक प्रमाणपत्रको कारोवारमा संलग्न रास्वपा नेता पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्रको कारोवारमा संलग्न रास्वपा नेता पक्राउ
भैरहवा, ६ भदौं । ठुलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्र, स्टाम, होलो ग्राम तथा स्टिकर सहित भारतीय नागरिक पक्राउ परेको प्रकरणमा रास्वपा नेता समेत तानिएका छन्।  गएको शुक्रवार साँझ रुपन्देही प्रहरीले भारतीय नागरिक अभिषेक यादवको साथबाट ठुलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्र, स्टाम, होलो ग्राम तथा स्टिकर बरामद गरेको थियो।  पक्राउ परेका अभिषेक यादवको बयान पछि रुपन्देही प्रहरीले चितवनका रास्वपा न...

गैर कृषि प्रयाेजनले मलकाे अभावमा मर्चवारका किसान

गैर कृषि प्रयाेजनले मलकाे अभावमा मर्चवारका किसान
मोहम्मद हबिब भैरहवा, ६ भदौं । अन्न भण्डारको रुपमा मानिने रुपन्देहीको मर्चवारमा भने विगत केही वर्ष देखि मलखादको लागि किसानले भौतारिनु पर्ने अवस्था सृजना भएको छ ।   पहिला सस्तो र सहज रुपमा पाइने मल गैर कृषि प्रयोजनमा प्रयोग बढेपछि  किसानहरुलाई सास्ती हुने गरेको छ ।    रुपन्देही सम्मरीमाई–७  भैसागहनका ७० वर्षिय निजामुद्दीन मुसलमानले अहिलेको सिजनमा धानबालीमा मल(युरिया) हाल्न नपाएको बताउ...

कोशी र मधेश प्रदेशमा सेवा विस्तार गर्दै न्युरोे अस्पताल, २४ वर्षमा २५ लाखलाई सेवा

कोशी र मधेश प्रदेशमा सेवा विस्तार गर्दै न्युरोे अस्पताल, २४ वर्षमा २५ लाखलाई सेवा
विराटनगर ५ भदौ । न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल विराटनगरले कोशी र मधेश प्रदेशका तीन स्थानमा सेवा विस्तारको तयारी गरेको छ । विराटनगर बाहेक तीन स्थानबाट सेवा विस्तार गर्ने गरि तयारी शुरु भएको अस्पतालले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । २४ वर्ष पुरा गरि २५ औं वर्ष प्रवेशको अवसरमा आज पत्रकार सम्मेलन गरि अस्पतालका अपरेशनल डाईरेक्टर राजेश भट्टराईले सो जानकारी दिनुभएको हो । तीन ...

“प्रथम महिला प्रहरी सम्मेलन, २०८२’ को गृहमन्त्रीले गरे शुभारम्भ

“प्रथम महिला प्रहरी सम्मेलन, २०८२’ को गृहमन्त्रीले गरे शुभारम्भ
काठमाडौं, ५ भदौं । ‘साझा जिम्मेवारी समान प्रतिबद्धताः प्रहरी सेवामा सशक्त भूमिका’ भन्ने मुल नाराका साथ दुई दिवसीय “प्रथम महिला प्रहरी सम्मेलन, २०८२” शुभारम्भ भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा बिहीबार आयोजित विशेष समारोहबीच गृहमन्त्री रमेश लेखकले पानसमा दीप प्रज्वलन गरी उक्त सम्मेलनको उद्‍घाटन गरेका हुन ।   समारोहमा गृहमन्त्री लेखकले नेपाल प्रहरी संगठनमा आवद्ध भई संगठनलाई अझ...