काेशीमा पानीको बहाव बढ्यो, ३८ वटा ढाेका खुला
धरान । सप्तकोशी नदीमा पानीको सतह लगातार बढेकाे छ । बाढीका कारण जोखिम बढेपछि ३८ ढोका खोलिएको छ ।पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको हो ।
सोमबार बेलुका १० बजे गरिएको जलसतह मापनअनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड दुई लाख ७३ हजार ९२५ क्युसेक पुगेको छ ।दिउँसो ४ बजेको मापनमा पानीको प्रवाह दुई लाख ५६ हजार १० क्युस...









