बागमती प्रदेशका सभामुखद्वारा राजीनामा
अनिल पराजुली
हेटौँडा, असोज १ गते । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सभामुख पदबाट राजीनामा दिनुभएको छ । उहाँले बुधवार नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजीनामा दिनुभएको हो ।
भदाै २४ गते नै उहाँले सामाजिक सञ्जालबाट राजीनामा गर्ने घोषणा गर्नुभएको थियो । तर प्राविधिक कारणले कानुनी प्रक्रिया पुरा गर्न अनुकूल नभएपछि बुधवार उहाँले पदबाट रा...









