भोजपुरका किसान व्यवसायिक चिया खेतीमा आकर्षित
भोजपुर । भोजपुरमा अर्गानिक चिया उत्पादन गर्ने लक्ष्यले किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । टेम्केमैयुङ गाउँपालिका–३ का सरमान गिरी एक दशकभन्दा बढी समयदेखि चियाको व्यावसायिक खेती गर्दै स्थानीयस्तरमा उदाहरणीय बन्नु भएको छ ।
उहाँले हाल आफ्नो करिब ८० रोपनी क्षेत्रफलमा चिया खेती विस्तार गर्नुभएको छ । विगतमा हातैले प्रशोधन गर्दै आउनु भएका उहाँले विसं २०७६ बाट गरस चिया उद्योग सञ्चालनमा ल्याउनु...









