‘मकै बारी दर्याम–दर्याम’ पछि विशाल र शान्तारानीको ‘स्याउली बजारमा’
काठमाडौं– पछिल्लो समय चर्चामा रहेका गायक विशाल सोनी तथा शान्तारानी परियारको स्वरमा नयाँ गीत ‘स्याउली बजारमा’ सार्वजनिक गरिएको छ । विशाल र शान्तारानी चर्चामा आएको धेरै समय भएको छैन । यद्यपि, उनीहरुको सांगीतिक क्षेत्रको संघर्ष दशक बढी छ ।
विशालको नेपाली सांगीतिक क्षेत्रमा दशक बढीको अनुभव छ । उनलाई ७ महिनाअघिको ‘मकै बारी दर्याम दर्याम’ गीतले चर्चामा ल्याइदियो । यस्तै गायिका शान्तारानी परियारला...









