झुमा लिम्बूले ल्याइन् कर्णालीको स्थानीय स्वाद भरिएको गीत ‘कर्नाली सलल’
काठमाडौं । बहुचर्चित गीत ‘काफ्ले’की गायिका झुमा लिम्बूको नयाँ गीत सार्वजनिक भएको छ । ‘कर्नाली सलल’ बोलको गीत झुमाले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।
कर्णाली प्रदेशको स्थानीय लवजमा रहेको गीत स्थानीय परिवेशलाई समेट्दै प्रेममा केन्द्रित छन् । उमेरमै माया–प्र्रेम र घरबार बसाएको राम्रो भन्ने प्रेमिल गीतको मुख्य आकर्षण भनको आञ्चलिक लय हो ।
कर्णालीका स्थानीयले बोल्ने शब्द प्रयोग गर...









