धनकुटामा निर्वाचन प्रहरीमा ११ सय २६ जनाको आवेदन
कविराज घिमिरे
हिले, माघ ४ गते । धनकुाटमा निर्वाचन प्रहरीका लागि कुल ११ सय २६ को आवेदन परेको छ । यो माग गरिएभन्दा ४१ जना बढीको आवेदन परेको हो ।
नेपाल प्रहरीतर्फ १ हजार ३४ र सशस्त्र तर्फ ९२ जनाको आवेदन परेको छ । धनकुटामा नेपाल प्रहरीतर्फ ९ सय ८९ र शसस्त्र प्रहरीमा ९६ गरी १ हजार ८५ निर्वाचन प्रहरीको कोटा निर्धारण गरिएको छ । सरकारले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहर...









