सधैँ तिमीमा प्रवण र सरिताको नोक झोक
काठमाडौँ, ३ वैशाख
गीतकार डब्बु क्षत्रीको शब्द र निर्देशनमा नयाँ गीत ‘सधैँ तिमी’को भिडियो दर्शकमाझ आएको छ । नयाा वर्ष २०८३ को अवसर पारेर यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।
गीतमा गायक यम बराल र गायिका सरिता भारतीको स्वर रहेको छ । गीतलाई ओम सुनारले संगीत तथा संगीत संयोजन गरेका हुन् । यो गीतको भिडियो पनि गीतकार क्षत्रीले नै निर्देशन गरेका हुन् । निकै रिसाउने प्रेमिकासँग प्रेमीको नोक झोक र प्रेमला...









