नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट
अस्मिता पोखरेल
धादिङबेंसी, भदौ ६ गते । धादिङको नीलकण्ठ नगरपालिका संस्थागत स्वमूल्याङ्कनमा देशकै उत्कृष्ट भएको छ । ९३.५० अङ्क ल्याएर उत्कृष्ट भएको नगरपालिकालाई सङ्घीय सरकारले सम्मान गरेको छ ।
शुक्रबार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुङ्गानालाई सम्मान गर्नुभयो । विभिन्न एकसय वटा सूचकहरुमा भएको मूल्याङ्कनको आधारमा आ.व २०८०–८१ ...








