अर्थतन्त्र वलियो बनाउनुतर्फ दलहरु लाग्नु जरुरी रहेको –एमाले उपमहासचिव ज्ञवाली
मोरङ २८ साउन ः नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक दलहरुले मुलुकको अर्थतन्त्र बलियो बनाउनेतर्फ लाग्नु जरुरी रहेको बताउनु भएको छ।
कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानद्वारा मंगलबार विराटनगरमा आयोजित १६ आँै स्मृति सभा तथा पुरस्कार वितरण समारोहमा रु २१ हजार नगद सहित नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष महेन्द्र विष्टलाई सम्मान गर्दै उहाँले मुलुकको सर्वाङ्गीण विकास समृद्धि गर...









