काठमाडौँ– सभामुख डोलप्रसाद अर्यालले सरकारलाई घण्टी बजाएर खबरदारी गर्न आग्रह गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकार गलत दिशामा गएमा वा काम गर्नमा ढिलाई भएको अवस्थामा घण्टी बजाएर सचेत गराउन आग्रह गरेका हुन्। अब सरकारलाई पनि घण्टी बजाइदिनुहोला कि यहाँनेर गलत हुँदैछ, यो छिटो गर्नुस्, यसरी काम गर्नुस्, यसरी गर्नुपर्छ भनेर’, उनले भने।

यस्तै अर्यालले कानून निर्माण प्रक्रियामा सुझाव दिन र सरकारका कमजोरीप्रति समयमै सचेत गराउन आग्रह गरे। उनले देशमा सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य वर्तमान पुस्ताले नै पूरा गर्नुपर्नेमा बताए।

विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने अवस्था निर्माण गर्नुपर्ने तथा नेपाललाई बस्न र लगानी गर्न उपयुक्त राष्ट्रका रूपमा विकास गर्नुपर्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया