काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन शान्तिपूर्ण हुने भनिए पनि सुधन गुरुङले नेतृत्व लिएपछि आन्दोलन हुलदंगामा परिणत भएको निष्कर्ष निकालेको छ।

आयोगकी सदस्य लिली थापाको नेतृत्वमा गठन गरिएको अनुसन्धान तथा छानबिन समितिको प्रतिवेदन बिहीबार सार्वजनिक गर्दै आयोगले गुरुङको संलग्नतामाथि थुप्रै प्रश्न उठाएको छ। पूर्व गृहमन्त्रीसमेत रहेका गुरुङ यसै पनि जेनजी होइनन्।

जेनजी आन्दोलनमा उनको र उनको टिओबी लेखेको टिमको संलग्नतामाथि अनुसन्धान गर्नुपर्ने आयोगले निष्कर्ष निकालेको छ। २३ गते दिउँसो १२ बजे नयाँ बानेश्वर एभरेष्ट होटलअघि पुगेको जेनजी समूहको आन्दोनलाई गुरुङले नेतृत्व लिएका थिए।

त्यसपछि आन्दोलन मुठभेटमा पुगेको आयोगले निष्कर्ष छ। ‘एभेरष्ट होटल अगाडि अन्दाजी २०-२५ हजार भीज जम्मा भइसकेपछि करिब १२ बजे हामी नेपाल संस्थाका सुधन गुरुङले भीडको नेतृत्व गरेको पाइन्छ। यसरी तिनै गुरुङले नेतृत्व लिएपश्चत प्रदर्शनकारीहरू आक्रोशित भई सुरक्षा व्यारिकेड तोडी निषेधित क्षेत्र प्रवेश गरे पश्चत सुरक्षाकर्मीसँग मुठभेट, झडप भइ हुलदंगामा परिणत भएको देखिन्छ। त्यसपश्चत सुरक्षाकर्मीले अश्रु ग्यास र पानीको फोफहरा प्रयोग गरेको पाइयो’, प्रतिवेदनमा भनिएको छ।

मुठभेड हुनुअघि टिओवी लेखेको टिसर्ट लगाएका हात तथा शरीरमा टिओबी ट्याटु खोपेका बाइककर ग्रुप आएर भीडलाई उत्तेजित पारेको पनि प्रतिवेदनमा छ।

शान्तिपूर्ण हुने भनिएको प्रदर्शनमा प्रदर्शन अगावै प्रदर्शनस्थलमा प्राथमिक उपचारका लागि टेन्ट, स्वास्थ्य स्वयम सेवक, तीन वटा एम्बुलेन्ससमेत गुरुङले प्रदर्शनस्थलमा राखेकोमा आयोगले प्रश्न उठाएको छ।

तपाईको प्रतिक्रिया