काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, वितरण केन्द्र कञ्चनपुर, सप्तरीका प्रमुख महेन्द्र कुमार दासविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले दासलाई सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ।

अनुसन्धानका क्रममा च्याजिङ स्टेशन सञ्चालनका लागि ट्रान्सफर्मर राखी लाइन छोडिदिने कामका लागि सेवाग्राहीसँग दासले घुस माग गरेको पाइएको आयोगले जनाएको छ। काम सम्पन्न गरिदिने नाममा उनले रकमको बार्गेनिङ गर्दै नदिएमा लाइन काटिदिने धम्कीसमेत दिएको अनुसन्धानबाट खुलेको बताइएको छ।

उक्त घटनामा दासले १ लाख ४० हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो कायम गरी सजाय र जरिवानाको माग दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुदेश न्यौपानेले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया