उदयपुर : उदयपुरमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको त्रियुगा नगरपालिका–९ राजाबासमा ६२ वर्षीय चुडाबहादुर खड्का शुक्रबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीका अनुसार होटलबाट घर फर्कने क्रममा परिवारको सम्पर्कमा नआएपछि खोजतलास गर्दा घरबाट करिब ७ सय मिटर उत्तरतर्फ भित्री गोरेटो बाटोमा खड्का मृत अवस्थामा फेला परेका हुन् ।
घटनास्थलबाट प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर पठाएको थियो । पोस्टमार्टमपछि शव आफन्तले बुझी लगेको जनाइएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा बेलुका परेको वर्षासँगै लागेको चट्याङका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।





