मेष
व्यक्तिगत काममा समय र धन खर्च हुनेछ । काममा विघ्न बाधा आउन सक्छ । ढिलासुस्ती बढ्न सक्छ । आर्थिक हानीको सम्भावना छ, त्यसैले सावधान रहनु होला । भौतिक साधनमा क्षति हुन सक्छ । समस्या तुरुन्त समाधान नहुन सक्छ, केही खर्च गर्नुपर्ने देखिन्छ ।
वृष
नयाँ कामतर्फ ध्यान जाँदा पुरानो काम ओझेलमा पर्न सक्छ । अरूलाई गरेको बाचा पूरा हुने समय छ । काममै समय बितेपनि अपेक्षित लाभ कम हुन सक्छ । टाढिएका आफन्तको सम्झनाले मन खिन्न हुन सक्छ । अन्य पक्षमा भने सहयोग मिल्नेछ, समयको सदुपयोग गर्नुहोला ।
मिथुन
आयआर्जनका लागि राम्रो दिन छ । नयाँ कामका लागि परिवारको सकारात्मक सल्लाह मिल्नेछ । व्यापारमा राम्रो लाभ हुनेछ । अड्किएको पैसा पनि उठ्न सक्छ । लामो समयदेखि रोकिएको काम पूरा हुनेछ । आम्दानी राम्रो रहनेछ । अप्रत्याशित रूपमा धन प्राप्त हुन सक्छ ।
कर्कट
आजको लगानीले राम्रो प्रतिफल दिनेछ । सामाजिक क्षेत्रमा रुचि बढ्नेछ । साथीभाइको सहयोग मिल्नेछ । रचनात्मक काममा सफलता मिल्नेछ । साझेदारी तथा सट्टापट्टामा लाभ हुनेछ । मन प्रसन्न रहनेछ र धन लाभ हुनेछ ।
सिंह
हात हतियार वा जोखिमपूर्ण वस्तुबाट सावधान रहनुहोला । अनावश्यक विवादमा पर्न सकिन्छ, त्यसैले सोचेर मात्र बोल्नुहोस् । कडा प्रयास गरेपनि अन्तिम समयमा विवाद हुन सक्छ । रिस बढ्न सक्छ । काममा आलस्य र खर्च बढ्ने सम्भावना छ, सम्बन्धमा मनमुटाव हुन सक्छ ।
कन्या
काममा मन नजाँदा अधूरा रहन सक्छन् । मान सम्मानमा असर पर्न सक्छ । नयाँ काम सुरु गर्न उपयुक्त समय होइन । कार्यमा हैरानी बढ्न सक्छ, जागिरमा पनि समस्या आउन सक्छ । श्रमको उचित मूल्यांकन नहुन सक्छ । ढिलाइका कारण काम बिग्रिन सक्छ ।
तुला
चल–अचल सम्पत्तिको कारोबार हुने सम्भावना छ । वैवाहिक जीवन सुखद रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेछ, जसले प्रतिष्ठा बढाउनेछ । पारिवारिक आवश्यकता पूरा हुनेछ । घर परिवारमा सम्बन्ध सुदृढ हुनेछ र दिन रमाइलोसँग बित्नेछ ।
वृश्चिक
प्रेममा सुखद मिलनको अनुभव हुनेछ । प्रयास गर्दा व्यवसायिक क्षेत्रमा सामान्य लाभ मिल्नेछ । परिवारबाट टाढा बस्नुपर्ने हुन सक्छ । साहित्यिक कार्यमा रुचि बढ्नेछ । टाढाको यात्राबाट धन लाभ हुन सक्छ । सवारी साधन वा पशुपालनबाट पनि फाइदा देखिन्छ ।
धनु
स्वास्थ्य कमजोर हुन सक्छ, सावधान रहनुहोला । यात्रामा विशेष ध्यान दिनुहोला । समस्या दिने व्यक्ति सक्रिय हुन सक्छन् । सामान्य रुघाखोकीले पनि सताउन सक्छ । स्वास्थ्यका कारण काममा असर पर्न सक्छ । अप्रत्याशित रूपमा धन नोक्सान हुन सक्छ ।
मकर
काम सजिलै सम्पन्न हुनेछन् । आर्थिक लाभ हुने समय छ । कसैको सहयोग र समर्थन मिल्नेछ । बुद्धि विवेकले सही निर्णय लिन मद्दत गर्नेछ । पितृ सम्पत्तिबाट लाभ मिल्न सक्छ । अधूरा काम पूरा हुनेछन् र अध्ययनमा रुचि बढ्नेछ ।
कुम्भ
व्यापार व्यवसायमा उन्नति हुनेछ । आत्मविश्वास र साहस बढ्नेछ, जसले धन लाभ गराउनेछ । प्रयास गरेका काम सफल हुनेछन् । अपेक्षाभन्दा बढी लाभ हुन सक्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा रुचि बढ्नेछ । ध्यान दिएर काम गर्नुहोस् ।
मीन
आर्थिक काम सफल हुनेछन्, तर सावधानी आवश्यक छ । यात्राको योग छ । घरायसी समस्या भएपनि काम सफल हुँदा सन्तुष्टि मिल्नेछ । खर्च बढ्न सक्छ, तर लामो यात्राको अवसर पनि मिल्न सक्छ । सानो प्रयासले रोकिएको काम पूरा हुनेछ र आम्दानीका स्रोत बढ्नेछन् ।







