सुर्खेत । चौकुने गाउँपालिका–५ रेक्चामा फरुवाले टाउकोमा प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा उनका श्रीमान् पक्राउ परेका छन् ।

प्रहरीका अनुसार ३२ वर्षीय गोपीराम जैसीले घरमै आफ्नी ३० वर्षीया श्रीमती चन्द्रा देवकोटा जैसीको टाउकोमा फरुवाले प्रहार गरेका थिए । गम्भीर घाइते भएकी चन्द्राको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

घटनाबारे वडा सदस्य टपेन्द्र बुढा क्षेत्रीले जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भूपेन्द्र शाहीको नेतृत्वमा सोकोसहितको टोलीसमेत खटिएको थियो ।

घटनामा संलग्न गोपीरामलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया