मेष

पैत्रिक सम्पत्तिमा विवाद आउन सक्नेछ भने दाजुभाइ बीच भागबण्डाको समय देखिन्छ । व्यवसाय र कृषितर्फ लगनशीलता देखाए ठूलो काम बन्न सक्छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । बिना कारण आफन्तबाट टाढिनुपर्ने अवस्था आउन सक्छ । माता पिताको स्वास्थ्य वा अवस्था बारे चिन्ता बढ्नेछ । विश्वास पात्रबाट धोका पाइने सम्भावना छ । वैदेशिक रोजगारीमा केही समस्या आउन सक्छ । श्रम अनुसारको मूल्य नपाइने संकेत छ ।

 

वृष

एक्लोपनाको अनुभूति हुनेछ । राहुको प्रभावले विवाद, धनहानि र लाञ्छनाजस्ता समस्या आउन सक्छन् । पारिवारिक असमझदारी र बन्धु बान्धवसँग मनमुटाव बढ्नेछ । सामाजिक प्रतिष्ठामा कमी आउन सक्छ । काममा ढिलाइ र चुनौती सामना गर्नुपर्ला । मानहानि वा अपजशको सम्भावना छ । आर्थिक अभावले सताउन सक्छ ।

 

मिथुन

विद्यार्थीहरूको पढाइमा केही गिरावट आउन सक्छ । पारिवारिक समस्याहरू देखा पर्नेछन् । साझेदारीमा विवाद र दाम्पत्य जीवनमा असमझदारी बढ्न सक्छ । यद्यपि शिक्षा र साझेदारीबाट लाभ पनि मिल्नेछ । परोपकार र शुभ कार्यमा संलग्न हुने अवसर मिल्नेछ । मान सम्मान पाइनेछ । मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल छ । तर्क शक्ति बढ्नेछ र कीर्तिमानी काम गर्न सकिनेछ ।

 

कर्कट

पेट र छाती सम्बन्धी समस्या सताउन सक्छ । विद्यार्थीहरूका लागि समय अनुकूल छ । लामो समयदेखि रोकिएका कामहरू बन्नेछन् । बौद्धिक कार्यमा सफलता र पढाइमा प्रगति हुनेछ । अतिरिक्त आम्दानी बढ्नेछ । ध्यान, मनन र सिर्जनात्मक कामतर्फ रुचि बढ्नेछ । घरमै बसेर पनि विभिन्न काम सम्पन्न गर्न सकिनेछ ।

 

सिंह

नयाँ उद्योगधन्दा सुरु गर्ने अवसर मिल्नेछ । समाजसेवा र परोपकारमा रुचि बढ्नेछ । तर आयआर्जनमा कमी हुँदा ठूलो प्रगतिमा बाधा आउन सक्छ । राम्रो रोजगारी, नयाँ नियुक्ति वा पदोन्नतिको सम्भावना छ । अनुकूल स्थानान्तरणको योग पनि देखिन्छ । आफन्तसँग मनमुटाव बढ्न सक्छ । नशाको वा जोर्नी सम्बन्धी समस्या सताउन सक्छ । समग्रमा समय केही चुनौतीपूर्ण रहन सक्छ ।

 

कन्या

स्वास्थ्यमा समस्या, काममा झमेला र आफन्त बीच असमझदारी बढ्ने देखिन्छ । झुटा आरोप लाग्ने सम्भावना छ । तर विदेश यात्रा वा प्रवासमा रहेकाहरूका लागि समय अनुकूल छ । सहयोगीहरू नै प्रतिस्पर्धी बन्न सक्छन् । कृषि र व्यवसायमा उन्नति हुनेछ र राम्रो आम्दानी हुने सम्भावना छ ।

 

तुला

साना व्यक्तिको सहयोगले ठूलो फाइदा लिन सकिनेछ । शिक्षामा राम्रो प्रगति हुनेछ । बौद्धिक प्रभाव बढ्नेछ र विभिन्न अवसर प्राप्त हुनेछन् । जीवन साथी र सन्तानबाट भौतिक लाभ मिल्नेछ । घर जग्गा जोड्ने अवसर मिल्नेछ । उच्च अध्ययनका लागि विदेश यात्रा गर्ने सम्भावना छ ।

 

वृश्चिक

नयाँ नोकरी प्राप्ति वा पदोन्नतिको सम्भावना छ । व्यापार व्यवसाय विस्तार हुनेछ । विश्वासमा पारेर धोका दिनेहरूबाट सतर्क रहनु पर्नेछ । रोकिएका कामहरू बन्न थाल्नेछन् । सामाजिक र परोपकारी कार्यमा रुचि बढ्नेछ । अध्ययनमा प्रगति हुनेछ । सोच्ने क्षमता बढ्नेछ । आलोचना गर्नेहरू नै प्रशंसा गर्न थाल्नेछन् । अन्न तथा धनको वृद्धि हुनेछ ।

 

धनु

स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । सामाजिक प्रतिष्ठा बढ्नेछ र मान सम्मान पाइनेछ । जीवन साथी र सहयोगीहरूको साथले काम सफल हुनेछन् । विद्यार्थीहरूका लागि उपलब्धिमूलक समय छ । शिक्षा र साझेदारीबाट लाभ हुनेछ ।

 

मकर

स्थायी सम्पत्ति जोड्ने अवसर मिल्नेछ । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावना छ । तर विवेक प्रयोग गर्न नसक्दा समस्या आउन सक्छ । बोलीको गलत अर्थ लाग्न सक्छ, विवादमा परिने र आर्थिक संकटको सम्भावना छ । शक्तिमा नियन्त्रण आउनेछ ।

 

कुम्भ

कृषि र पशुपालनमा सामान्य तर उद्योग र व्यापारमा राम्रो लाभ हुने देखिन्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । मान सम्मान प्राप्त हुनेछ । रोजगारी र उद्योगका अवसरहरू आउने छन् । धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ ।

 

मीन

स्थापित व्यवसाय, कृषि कर्म र उद्योगलाई निरन्तरता दिन सकिनेछ । बिना कारण चुनौतीहरू सामना गर्नुपर्ला । तर आम्दानीका स्रोत प्रशस्त हुनेछन् । व्यवसायमा अपेक्षाभन्दा बढी सफलता मिल्नेछ । पढाइमा राम्रो नतिजा प्राप्त हुनेछ । विभिन्न अवसरहरूले साथ दिनेछन् ।

 

तपाईको प्रतिक्रिया