काठमाडौ ः २३, चैत , नेपाली कांग्रेसकी नेता धना खतिवडाले एक महिने जरा अभियान कांग्रेसका लागि सान्र्दभिक भएको बताएकी छिन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा कुरा गर्दै उनले यस्तो बताएकी हुन । कार्यक्रम एविसी वाचमा उनले जरा अभियान अन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक, नयाँ सदस्यता वितरण , सांगठनिक गतिविधि तथा जनतासंग संवाद कार्यक्रम हुने बताएकी छन । कांग्रेसका हाल ८ लाख ६३ हजार क्रियाशील सदस्य रहेका छन । तीमध्ये करिब एक लाख सदस्यको फोन नम्बर अभिलेखमा नभएको एविसी वाचलाई खतिवडाले जानकारी दिइन । अब अद्यावधिकका क्रममा सम्बन्धित स्थानमै पुगेर फोटो खिच्नुपर्ने र मोबाइल नम्बर अनिवार्य राखिएको छ । खतिवडाका अनुसार पार्टी संगठनलाई सुढृण र प्रभावकारी बनाउन एक महिने जरा अभियान सञ्चालन गरिएको हो । कांग्रेस आइडीको लागि जरा अभियान सुरु गरिएको नेता खतिवडा बताउँछिन । कार्यक्रममा उनले भनिन ः कांग्रेसले औपचारिक रूपमा पार्टीको १५औं महाधिवेशन प्रक्रिया सुरु गरेको छ । महाधिवेशनको तयारीसँगै संगठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउने उद्देश्यले पार्टीले ‘एक महिने जरा अभियान’ सञ्चालन गरेको हो । अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ ।
कांग्रेसको ‘जरा अभियान’







