काठमाण्डौ – प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले व्यवसायी एवं शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाललाई पक्राउ गरेको छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीले हिजो अग्रवाललाई काठमाण्डौबाट पक्राउ गरेको हो । व्यापारी दीपक भट्ट सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेसँगै अग्रवाल पनि पक्राउ परेका हुन् ।

अग्रवाल र भट्ट व्यावसाय‍िक साझेदार भएको बताइएको छ । प्रहरीले शंकर ग्रुपका अरू सदस्यमाथि पनि अनुसन्धान गरिरहेको छ । शंकर ग्रुप नेपालको अग्रणी व्यावसायिक घराना हो । यसले स्टिल, सिमेन्ट, जलविद्युत, उपभोक्ता वस्तु, व्यापारलगायत क्षेत्रमा लगानी गरेको छ ।

तपाईको प्रतिक्रिया