कबिराज घिमिरे
हिले, चैत १४ गते । धनकुटा नगरपालिका वडा नम्बर ६, परिचयमोडमा निर्माणाधीन घरको जग खन्ने क्रममा एक कामदार माटोको ढिस्कोले पुरिएका छन्।

शनिबार बिहान सुमन श्रेष्ठको घर निर्माणका क्रममा काम गरिरहेका धनकुटा नगरपालिका वडा नम्बर १०, पारिपात्ले बस्ने करिब ३५ वर्षीय राम बहादुर तामाङलाई माटोको ढिस्कोले पुरेको हो। केही समयपछि उहाँको जिवितै उद्धार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीको नेतृत्वमा ३५ जनाको टोली उद्धार सामाग्रीसहित घटनास्थलमा खटिएको थियो। टोलीले माटो पन्छाएर गम्भीर अवस्थामा रहेका तामाङलाई उद्धार गरेको हो।

उद्धारपछि उहाँलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञान कुमार महतोले जानकारी दिनुभयो।

यो समाचार गोरखापत्र अनलाईनबाट साभार गरिएको हो । -सम्पादक

तपाईको प्रतिक्रिया