विराटनगर/ करिब २२ वर्षदेखि रेडिमेड व्यवसाय क्षेत्रमा सक्रिय रहँदै आउनु भएका दामोदर रिमाल इटहरीमा १४ वर्षदेखि सफल व्यवसायीका रूपमा परिचित हुनुहुन्छ। उहाँलाई रेडिमेड व्यवसाय संघ इटहरीको अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन गरिएको छ।
संघको हालै सम्पन्न बैठकले रिमाललाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो। लामो समयदेखि रेडिमेड व्यवसाय क्षेत्रमा सक्रिय रहँदै आएका रिमालको अनुभव, नेतृत्व क्षमता र व्यवसायिक योगदानलाई मध्यनजर गर्दै उहाँलाई नेतृत्व सुम्पिएको संघका सदस्यहरूले बताएका छन्।
नवनिर्वाचित अध्यक्ष रिमालले संघका व्यवसायीहरूको हकहित संरक्षण, व्यवसाय प्रवर्द्धन तथा बजार व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले व्यवसायीबीच सहकार्य र एकता अझ सुदृढ बनाउनेतर्फ विशेष ध्यान दिने बताउनुभयो।







