नेपाल व्यापार संघले एबीसी टेलिभिजनकी प्रस्तोता सचिता बुढाथोकीलाई सम्मान गरेको छ। संघको ३३ औं वार्षिक साधारण सभा तथा १७ औं अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा उनलाई सम्मान–पत्र प्रदान गरिएको हो।

पत्रकारिता क्षेत्रमार्फत सत्य, तथ्यपरक तथा जिम्मेवार सूचना सम्प्रेषण गर्दै व्यवसायिक हक, हित र अधिकारका विषयलाई निरन्तर रूपमा आम नागरिक, सरोकारवाला निकाय तथा राज्यका निकायसम्म पुर्‍याएको योगदानको कदरस्वरूप बुढाथोकीलाई सम्मान गरिएको संघले जनाएको छ।

संघका अनुसार व्यापार, व्यवसाय, उद्योग तथा निजी क्षेत्रका समस्या, चुनौती र सम्भावनालाई उजागर गर्न उनले खेलेको भूमिका प्रशंसनीय रहेको छ। साथै आगामी दिनहरूमा पनि सञ्चार क्षेत्रमा उनको सक्रियता, निष्पक्षता र व्यावसायिकता निरन्तर रहोस् भन्ने शुभेच्छा व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया