काठमाडौं । अवैध जडीबुटी र ठूलो परिमाणको नगदसहित दुई जना पक्राउ परेका छन्।
काठमाडौं–१६ नयाँबजार क्षेत्रबाट सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा नयाँबजार बस्ने ३७ वर्षीय चीनियाँ नागरिक मा मासु र काठमाडौं–३१ घर भएका ३६ वर्षीय नबिला बानु रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट २० लाख रुपैयाँ नगद, यार्सागुम्बा, कीटपतंग, गुच्ची च्याउ, तौल मापन गर्ने मेसिनलगायत सामान संकलन, ओसारपसार तथा बिक्री–वितरण भइरहेको सूचनाका आधारमा पक्राउ गरिएको हो।





