काठमाडौँ । तेक्वान्दो खेलाडी वैभवी सापकोटालाई भक्तपुर जिल्ला तेक्वान्दो संघले आज एक कार्यक्रमका बीच सम्मान गरेको छ ।

२०८३ जेठ १५, १६ र १७ गते आयोजित बागमती प्रदेश तेक्वान्दो प्रतियोगितामा क्योरुगी बिधामा वैभवीले प्रथम स्थान हासिल गरेकोमा उच्च कदर गर्दै सम्मान-पत्रसहित सम्मानित गरिएको हो ।

सुर्यबिनायक नगरपालिकास्थित कभर्डहलमा सम्पन्न उक्त कार्यक्रममको प्रमुख अतिथिका रूपमा सुर्यविनायक नगरपालिका वडा नं ६ का वडा अध्यक्ष ईश्वर खड्काको उपस्थिति रहेको थियो । त्यसैगरी कार्यक्रममा जिल्ला तेक्वान्दो संघका अध्यक्ष इन्द्र भक्त चित्रकार, पूर्व अध्यक्ष श्याम तजले, अन्तर्राष्ट्रिय प्रशिक्षक तथा रेफ्री काजल श्रेष्ठ लगायत प्रशिक्षक र

खेलाडीहरुको उपस्थिति रहेको थियो । वैभवी भक्तपुर जिल्लाको “वर्ष २०८३ उत्कृष्ट महिला तेक्वान्दो खेलाडी” पनि हुन् ।

तपाईको प्रतिक्रिया