मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
तार्किक क्षमताले आज सम्मान दिलाउनेछ । साँझदेखि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ । आशा देखाउनेहरूले धोका दिन सक्नेछन् । लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । पढाइ लेखाइमा ध्यान केन्द्रित नहुन सक्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
भेटघाटले काममा बाधा पुर्याउन सक्छ । आँटले काम लिन नसके पछि पछुतो हुन सक्छ । स्वास्थ्य कमजोर भएपनि समुदायको हितमा राम्रो काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व पनि बहन गर्नुहोला । मेहनतले विभिन्न अवसर जुटाउन सक्नेछ । शुभचिन्तकहरूले साथ दिनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
काम गर्दा चुनौतीहरू आउन सक्छन् । प्रयत्न गर्दा खर्च लागे पनि दिगो फाइदा हुने देखिन्छ । काम र जिम्मेवारी हात पार्ने अवसर छ । कीर्तिमानी काम सुरु गर्न उपयुक्त समय छ । धेरैले साथ दिनेछन् । महत्वपूर्ण निर्णय लिन सकिनेछ । अध्ययनमा प्रगति हुनेछ । वैरभाव राख्नेहरूले हार्नेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सोखले फजुल खर्च बढाउन सक्छ । आलस्य गर्दा काम बीचमै रोकिन सक्छ । अर्थ संग्रहमा बाधा पर्न सक्छ । अस्वस्थता एवं काम बिग्रने भयले सताउन सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने अवस्था आउन सक्छ । स्वास्थ्यगत समस्याले सताउन सक्छ । सुख दु:खमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तर्क शक्ति बढ्नेछ र रोकिएका काम सम्पन्न हुनेछन् । आलोचकहरूलाई जवाफ दिन सकिनेछ । काममा लगनशील रहँदा दिगो फाइदा उठाउन सकिनेछ । ऋण मोचन हुने सम्भावना छ । सुखद समाचारले उत्साह जगाउनेछ । लगनशीलताले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मनग्य धन आर्जन हुने ग्रहयोग छ । पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिनाले समस्या उत्पन्न हुन सक्छ । कीर्तिमानी काम सुरु गर्ने उपयुक्त समय छ । धेरैले साथ दिनेछन् । अप्रत्यासीत रूपमा धनको लाभ पनि हुनेछ । प्रतिस्पर्धीहरूले समस्या उब्जाउन सक्छन् । व्यापार र उद्योगमा फाइदा हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विभिन्न अवसर प्राप्त भएपनि अरूको मुख ताक्ने बानीले पछि पर्न सकिन्छ । समय र नियमलाई बेवास्ता नगर्नुहोस् । विशेष जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । रोकिएका काम बन्नेछन् र आम्दानीको स्रोत पनि बढ्नेछ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो कसिने समय छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नै कमजोरीले अवसर गुम्न सक्छ । विगतको श्रमबाट सामान्य लाभ भएपनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पन्न हुनेछन् । सोखले खर्च बढाउन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुभ चिन्तकहरूसँग भेटघाट हुनेछ । विगतका कमी कमजोरी सुधार्ने अवसर प्राप्त हुनेछ । अवरोधका बीच समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ । काम बिग्रने भयले सताउन सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सोचेको काम बन्नेछ र विभिन्न अवसर प्राप्त हुनेछन् । दीर्घकालीन फाइदा हुने काममा हात हाल्ने समय छ । धार्मिक तथा परोपकारी क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । मंगलमय कृत्य सम्पन्न हुने र भाग्योन्नतिको समय छ । आफूभन्दा कमजोरहरूसँग सम्झौता गर्दा मन खिन्न हुनेछ । केही चुनौती देखा पर्ने भएकाले योजना गोप्य राख्नु उपयुक्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कार्य क्षेत्रमा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । आज केही समस्या देखिए पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । काममा अनायासै प्रतिस्पर्धी देखा पर्न सक्छ । प्रतिष्ठा र अधिकारका लागि संघर्ष गर्नुपर्ने अवस्था आउन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
गरेका कामबाट प्रशस्त लाभ मिल्नेछ । तर साँझदेखि ईर्ष्या गर्नेहरूले फसाउन सक्छन् । सोख पूर्तिका लागि खर्च बढ्न सक्छ । साँझदेखि सानातिना समस्यामा अल्झिनु पर्ने स्थिति आउन सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । आम्दानी बढ्नेछ र आर्थिक पक्ष सबल बन्नेछ ।
					





