-तेजन खड्का/दमक

झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेतासहित डेढ दर्जन जुवाडे पक्राउ परेका छन् । गौरादह नगर कमिटीका सभापति जगत अधिकारी र ४ नम्बर वडा सभापति युवराज खड्कासहित १६ जनालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई वडा नम्बर ५ स्कुलचौनस्थित सत्कार होटलमा तास खेलिरहेको अवस्थामा समातिएको प्रहरी निरिक्षक नवीन राईले जानकारी दिए । उनका अनुसार जुवाखालबाट एक लाख छ हजार रुपैयाँ समेत बरामद गरिएको छ ।

पक्राउ परेकामा पार्टीका नगर सभापति अधिकारी, वडा सभापति खड्का, स्थानीयहरु भरत कार्की, हृदय सुवेदी, टंक बराल, केदार मगर, नवराज भट्टराई, रोशन खत्री, विनोद अधिकारी, दुर्गा पौडेल, मकर अधिकारी, अशोक काफ्ले, अर्जुन श्रेष्ठ, सुदिप चेम्जोङ र सुन व्यवसायी राम फुयाँल छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

तपाईको प्रतिक्रिया