काठमाडौं । काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न पुगेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखकसहितलाई पक्राउ गर्नुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जेनजी आन्दोलनको घटनामा ओली, लेखक र काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाललाई पक्राउ गर्नुपर्ने भन्दै केही युवाहरू माइतीघरमा प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले केहीबेरदेखि सवारी आवागमनसमेत अवरुद्ध पारेका छन् ।
प्रशासनले यसअघि नै काठमाडौंका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरी प्रदर्शनमा रोक लगाएको छ ।





